काठमाडाैँ । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन्। उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो। उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४ औँ बैठकले नेपालको एसबीआई बैंक हेर्नृे गरी सिइओमा नियुक्त गरेको हो।
उनको कार्यकाल आजैबाट सुरु हुनेछ। यसअघि पनि बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधी बैंकको सीईओ थिए। यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए।
उनको कार्यकाल हिजोबाट सकिएको छ। कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ।
FACEBOOK COMMENTS