काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शनाले समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने तयारी गरेकी छन् ।
बन्दसूचीमा आफ्नो नाम तल पारिएको भन्दै उनी असन्तुष्ट बनेकी हुन् । उनले वारेसमार्फत निर्वाचन आयोगमा नाम फिर्ताका लागि निवेदन पठाएकी छन् ।
सँगै, रास्वपा नेताहरूसँग पनि उनी छलफलमा रहेको स्रोतले बतायो ।
उज्यालो नेपाल पार्टीसँगको एकता भाँडिएपछि रास्वपाले बन्दसूची अद्यावधिक गरेको थियो । त्योसँगै समानुपातिकतर्फको केही नाम तलमाथि परेको छ । आयोगका अनुसार उनको निवेदन दर्ता भने भइसकेको छैन ।
FACEBOOK COMMENTS