काठमाडौं । अभिनेता रणवीर सिंहले इन्स्टाग्राम अकाउन्टबाट सबै पोस्टहरू डिलिट गरेर फ्यानहरूलाई चकित पारेका छन् ।
आज आफ्नो ४० औं जन्मदिन मनाइरहेका रणवीरले जन्मदिनको एक दिन अघि मात्र किन सबै पोस्टहरू हटाए भन्ने कौतुहलता बढेको हाे ।
उनले आफ्नो फिल्म अपडेटसँग सम्बन्धित सबै पोस्टहरू पनि डिलिट गरेका छन् भने आफ्नो प्रोफाइल फोटो पनि डिलिट गरेका छन् । फ्यानहरूले रणवीरको यो कदमलाई उनको आगामी फिल्म ‘धुरन्धर’ सँग जोडिरहेका छन् ।
रणवीर सिंह हाल आफ्नो आगामी फिल्म ‘धुरन्धर’ को तयारीमा व्यस्त छन् । अभिनेताको जन्मदिनको अवसरमा आज फिल्मको पहिलो झलक प्रस्तुत हुन सक्ने अनुमान गरिएको छ । रणवीर सिंहले यसबारे संकेत पनि दिएका छन् । यद्यपि उनले आफ्ना सबै पोस्टहरू डिलिट गरेर चकित भने पारेका छन् । उनले इन्स्टाग्राम एउटा स्टोरी अपडेट पनि गरेका छन् र
उनले एउटा तस्बिर सेयर गरेका छन् जसमा १२.१२ लेखिएको छ र यसमा दुईवटा तरवार बनेका छन् । आज यही समयमा फिल्म ‘धुरन्धर’ सँग सम्बन्धित केही अपडेट आउन सक्ने अनुमान फ्यानहरुले गरेका छन् ।
फिल्म ‘धुरन्धर’ आदित्य धरले निर्देशन गरिरहेका छन् । फिल्म एक्सन प्रधान रहेको बताइएको छ । यसमा आर. माधवन, संजय दत्त, अर्जुन रामपाल र अक्षय खन्ना जस्ता स्टारहरू पनि देखिनेछन् ।
FACEBOOK COMMENTS