काठमाडौं । तनहुँकी किशोरी र दाङकी महिलालाई बलात्कार गरेको आरोपमा रघु र गोपाल विक पक्राउ परेका छन् ।
तनहुँमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ब्यास नगरपालिका–१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भएका ३० वर्षीय रघु विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती किशोरीलाई ब्यास नगरपालिका–४ स्थित होटेलमा लगि सोमबार जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस्तै, दाङमा ६१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१६ बस्ने ५२ वर्षीय गोपाल विकलाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई घोराही उपमहानगरपालिका–१६ लमडरूवाबाट पक्राउ गरेको हो ।
बलात्कार आरोपमा लिम्बुद्वय मेघराज र नरेश पक्राउ, जहाँ भेट्यो त्यहीँ करणी ?
काम गर्न बसेकी किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा माओवादी नेता देवकोटा पक्राउ
FACEBOOK COMMENTS