काठमाडौँ । भारतको कर्नाटकका पूर्व सांसद प्रज्वल रेवन्ना बेंगलुरुको विशेष अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।
अदालतले रेवन्नालाई शनिबार यस मुद्दामा सजाय सुनाउने बताएको छ ।निर्वाचित प्रतिनिधिहरूसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइ गर्न गठित विशेष अदालतले एफआईआर दर्ता भएको १४ महिनापछि यो फैसला सुनाएको छ ।प्रज्वल रेवन्नाविरुद्ध पहिलो मुद्दा हसन जिल्लाको ग्रामीण प्रहरी चौकीमा दर्ता भएको थियो । हसन जेडीएसको गढ हो र प्रज्वल रेवन्ना पार्टी प्रमुख तथा पूर्व प्रधानमन्त्री एचडी देवेगौडाका नाति हुन्।
एक महिलाको उजुरीमा अप्रिल २८ मा प्रज्वल विरुद्ध पहिलो एफआईआर दर्ता गरिएको थियो ।उजुरी गर्ने महिला रेवन्नाको घरमा घरेलु कामदारको रूपमा काम गर्ने गरेको र सोहि समयमा रेवनाले उनलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन् । रेवन्नाले जबर्जस्ति गरेको भिडियो समेत बनाएका थिए । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, रेवन्नालाई विशेष अदालतले उनी विरुद्ध दर्ता भएका चार यौन दुर्व्यवहार र बलात्कार मुद्दामध्ये एकमा दोषी ठहर गरेको छ ।
FACEBOOK COMMENTS