खोटाङ । खोटाङमा १२ वर्षीया एक जना बालिका बलात्कृत भएकी छिन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकाश परियार पक्राउ परेका छन् ।
प्रहरी चौकी दिप्रुङ चुइचुम्माबाट खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगी बलात्कार गरेका थिए ।
FACEBOOK COMMENTS