काठमाडौं । आज विहान करिब १२ बजेबाट सुरु भएको मतदान मध्यरातिसम्म पुग्ने अनुमान गरिएको छ । विहान ८ बजे नै मतदान सुरु गर्ने भनिएपनि चारघण्टा ढिला गरि सुरु भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।
निर्वाचन समितिका अनुसार मतदान राति ११ बजेसम्म चल्ने भएको छ । अहिलेसम्म कर्णाली प्रदेशमा ३३९ जम्मा मतदाता रहेकोमा २९६ मत र सुदुरपश्चिम प्रदेशमा ४३५ जम्मा मतदाता रहेकोमा ३५१ मत खसिसकेको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा ९०० जम्मा मतदाता रहेकोमा ४७६ मत, गण्डकी प्रदेशमा ४५२ मतदाता रहेकोमा ३५७ र बागमती प्रदेशमा ९३६ मतदाता रहेकोमा ६३५ मत खसिसकेको छ । प्रदेश २ मा ७२६ मतदाता रहेकोमा ४८३ मत र प्रदेश १ मा ८१२ मतदाता रहेकोमा ६२० मत खसिसकेको छ ।
राप्रपामा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भइरहेको छ । दुबैजनाले पदाधिकारीमा पनि आफ्नो समूह बनाएर निर्वाचनमा गएका हुन् ।
FACEBOOK COMMENTS