भोजपुर । भोजपुरमा ३० वर्षीय पुरुषले सात वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा षडानन्द नगरपालिका–१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई हिजो शनिबार प्रहरीले पक्राउ गरेको छ ।
मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरी चौकी कुदाकाउलेले जनाएको छ ।
घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS