पोखरा । आहा १ रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माग २७ देखि फागुन ९ गतेसम्म हुने भएको छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा यस वर्ष नेपालसहित भारत, भुटान र उज्बेकिस्तानका १२ टिमले सहभागिता जनाउने जानकारी दिइएको छ ।
यस वर्ष पुरस्कार राशी पनि बढाइएको छ । यो संस्करणको विजेताले नगद १४ लाख एक हजार रूपैयाँ र उपविजेताले नगद ७ लाख एक हजार रूपैयाँ प्राप्त गर्नेछन् । आहा रारा गोल्डकप सुरू भएको २५ वर्ष पूरा भएको छ । यस अवसरमा आयोजकले यस वर्ष प्रतियोगिताका खेलहरू अस्थायी फ्लडलाइटमा खेलाउने बताएको छ ।
यस बर्ष नेपालबाट नेपाल पुलिस क्लब, चर्च ब्वाइज, मनाङ मर्स्याङ्दी, एपीएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, मछिन्द्र फुइत्बल क्लब र आयोजक सहारा क्लब रहेका छन् ।
त्यस्तै भारतको सिक्किमबाट थण्डरलर्ड नर्थ युनाईटेड सहभागी हुने निश्चित भएको छ भने अर्को टिम निश्चित हुन बाँकी रहेको आयोजकले बताएका छन् । त्यस्तै हङकङको गोर्खा इन्टरनेशनल र उज्वेकिस्तानको आभा फुटबल क्लब सहभागी हुने निश्चित भएको छ ।

FACEBOOK COMMENTS