काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिप्रसाद भुसालको फेसबुक अकाउन्ट ह्याक भएको छ ।
भर्खरै सम्पन्न आम निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका भुसालको आधिकारिक फेसबुक अकाउन्ट ह्याक भएको हो ।
‘अर्घाखाँचीमा मतगणनाको अन्तिम परिणाम आउँदै थियो,’ भुसालले भने, ‘पटक(पटक फेसबुकले रिसेट पासवर्ड मागिरहेको थियो । अन्ततः फेसबुक अकाउन्ट नै डिसेवल भयो ।’
अकाउण्ट डिसेवल भएपछि बनाउने निकै प्रयास गरेको भए पनि आफू असफल भएको भुसालले बताएका छन् । ह्याक भइसकेपछि केही अश्लील भिडियो पनि शेयर भएको बुझिएको भुसालले बताए ।
FACEBOOK COMMENTS