काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद डा. चन्दा कार्की र राप्रपाका सांसद ध्रुब बहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
सांसद कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभामा गरेको टिप्पणी आपत्तिजनक रहेको भन्दै आफुहरुको आन्दोलन जारी रहने बताएकी थिइन् ।
त्यस्तै राप्रपा सांसद प्रधानले छानबिन समिति गठन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने बताए ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् ।
दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
FACEBOOK COMMENTS