काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व पदाधिकारीका साथै थरुहट/थारुवान अभियन्ताहरूबिच समायोजन भएको छ ।
सोमबार राष्ट्रिय सभा गृहमा एकता समायोजन आयोजना गरी ९ बुँदे सहमति पत्र सार्वजनिक गरेको हो । भदौ २३ र २४ को जेनजी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न रास्वपा र नाउपाका पूर्व पदाधिकारीहरूबिच सहमति भएको बताइएको छ ।
सबै नेपालीको समतामूलक उन्नति प्रति कटिबद्ध सामाजिक न्याय सहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी शक्तिहरू मिलेर नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको तथ्यलाई आत्मसात् आत्मसात् गरिएको सहमति पत्रमा स्पष्ट पारेको छ । सहमति पत्रमा रास्वपाबाट उपसभापति डीपी अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, सुरेन्द्र चौधरी, नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले हस्ताक्षर गरेका छन् ।

FACEBOOK COMMENTS