रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
कर्पोरट खबर
8:56 am, शनिबार, असार ६, २०८३
- रास्वपाको केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दैछ, जहाँ प्रथम महाधिवेशनको तयारी र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ।
- पार्टीले भोलि चितवनमा प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्दैछ, जसले नयाँ नेतृत्व चयन र भावी कार्यदिशा निर्धारण गर्नेछ।
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।
बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उनले बताए । रास्वपाले भोलिदेखि चितवनमा आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ ।
महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशा र सङ्गठन विस्तारसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने गौतमले बताए ।
चितवनमा हुन लागेको महाधिवेशनलाई रास्वपाले आफ्नो सङ्गठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।