काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको छ ।
साथै, शनिबार पार्टीका विभिन्न १३ वटा केन्द्रीय विभागहरूमा प्रमुख तथा सदस्यहरूको मनोनयन समेत गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णयहरू गरेको हो ।
रास्वपाद्वारा जारी विज्ञप्ति अनुसार पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरिएको छ ।
उक्त समितिमा मिलन लिम्बू, रहबर अन्सारी, डा. तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य रहेका छन् । यस्तै, पार्टीका सातै प्रदेशका सभापतिहरू समितिमा पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।
यसैगरी, बैठकले पार्टीका विभिन्न विभागहरूमा प्रमुख तथा सदस्यहरूको समेत जिम्मेवारी बाँडफाँट गरेको छ ।

जसअनुसार विभाग र तिनका प्रमुखहरू यस प्रकार छन् :

प्रवास सम्पर्क विभाग : मनिष झा
आर्थिक व्यवस्थापन विभाग : डा. मनोहर प्रधान
कानुनी मामिला तथा संस्थागत अनुपालन विभाग : मोहनलाल आचार्य
सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभाग : रुबिना आचार्य
सुशासन तथा राज्य व्यवस्था विभाग : सुदिप ढकाल
विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग : सुलभ खरेल
कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग : ज्ञानेन्द्र महता
श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग : दिपक कुमार साह (महोत्तरी)
आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग : शर्मिला खनाल
विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग : आनन्द बहादुर चन्द
संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागस् डा. धनञ्जय रेग्मी (प्रमुख), सम्राट बुढाथोकी (सदस्य)
वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभाग : धर्म केसी
सामाजिक न्याय तथा समता प्रवर्द्धन विभाग : रिमा विश्वकर्मा रहेका छन् ।