काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बसेको बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टीले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम आयोजना गरी आम जनसमुदायमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकले सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरूको अगुवाइ गर्ने निर्णय गरेको प्रवक्ता झाले जानकारी र्दिए ।
उनका अनुसार ‘सहकारी र लघुवित्त संस्थाहरूको समस्या समाधानका नीतिगत उपाय र योजना’ विषयक पार्टीले तयार गरेको प्रतिवेदनअनुसार एक महिनाभित्र रास्वपाका सम्बन्धित पालिका संरचनाहरूले आ–आफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाउने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS