काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापति डिपी अर्यालले सबै सदस्यहरूलाई समाजिक सञ्जालमा सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न र नलेख्न अनुरोध गरेका छन् ।
आज पार्टीको केन्द्रीय समिति बैठकमा उनले यस्तो अनुरोध गरेका हुन् । उनले समाजिक सञ्जालमा पार्टीको समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
यस्ता गतिविधि पार्टीका लागि नै घातक हुने भन्दै यसमा सबै सदस्यहरूले समाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न, नलेख्न अनुरोध गरे ।
FACEBOOK COMMENTS