काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको छ ।
रास्वपाका अनुसार निर्वाचन क्षेत्रको पदाधिकारीबाट ३ दिनका लागि निलम्बन गरिएको छ ।
अनुमति बिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्रका उपसंयोजकले मोबाइलबाट गोप्य रुपमा भिडियो रेकर्ड गरेको पाइएकोले निजलाई अनुशासनात्मक कारवाही स्वरूप निलम्बन गरिएको रास्वपाले जनाएको हो ।
रास्वपाले ति उपसंयोजकलाई जेठ ५ गते निलम्बन गरेको जनाएको छ । उपसंयोजकको ब्यक्तिगत प्रतिष्ठामा आँच आउन नदिनका लागि पार्टीले निलम्बनमा परेका ब्यक्तिको परिचय नखुलाएको जनाएको छ ।
FACEBOOK COMMENTS