काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सरकारमा नजाने निर्णय गरेको छ । सरकारलाई हाल दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
पार्टी सभापति रवि लामिछानेले आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए ।
उनले भने, ‘उपनिर्वाचनमा मतदाताले तपाईँहरु सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बन्नुहोस् भन्ने मत व्यक्त गर्नुभयो, त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका हौं ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा बोलाएको भएपनि अहिले सरकारको कार्यशैली हेर्दा सरकारमा जान नसकेको लामिछानेले बताए ।
हाल रास्वपाका संसद मन्त्री नभएपनि पार्टीले सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।
FACEBOOK COMMENTS