काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्न लागेको मौद्रिक नीतिको समीक्षामा ४/१२ को कर्जा नीतिलाई नचलाउने भएको छ । निजी क्षेत्रले भने यो सीमा खारेज गर्न माग गर्दै आएका थिए ।
मौद्रिक नीतिमाथि समीक्षाको पूर्वसन्ध्यामा राष्ट्र बैंक स्रोतले ४/१२ को सीमामा तलमाथि नहुने जानकारी दियो । स्रोतले भन्यो, ‘देशको अवस्था हेरेर लामो अध्ययन पश्चात नेपाल राष्ट्र बैंकले यो नीति लागू गरेको हो । समीक्षामा यसलाई खासै परिवर्तन गरिने छैन ।’
नेपाल उद्योग वाणिज्य महासंघले केही दिनअघि विज्ञप्ति निकालेर ४/१२ को सीमा हटाउन माग गरेको थियो । महासंघले कोरोनाले समस्यामा परेको बेला सेयर कर्जामा लगाएको सीमाले सेयर बजारमा नकारात्क असर परेको तर्क गरेको छ ।
नेपालको सेयर बजारमा करिब ५० लाख मानिस जोडिएका छन् । नेपाल राष्ट्र बैंकले गत साउन मसान्तमा आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति ल्याउँदा ४/१२ को सीमा लागू गरेको थियो । जसअनुसार व्यक्तिगत सेयर धितो कर्जामा ४ करोड र संस्थागतमा १२ करोड मात्रै लिन मिल्ने सीमा निर्धारण गरिएको छ । यो नीतिपश्चात सेयर बजार तिरन्तर ओरालो लागेको थियो ।
नेपाल राष्ट्र बैंकले सेयर कर्जामा ४/१२ को लगाएपछि सेयर बजार घट्न सुरु गरेको थियो । सबैतिर विरोध हुन थालेपछि अर्थमन्त्री जनार्दन शर्माले नै गर्भनर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयर कर्जाको सीमा हटाउन दवाव दिएका थिए । तर अधिकारीले भने मन्त्रीको दवाव अस्वीकार गरे ।
मौद्रिक नीतिमाथि समीक्षाको पूर्वसन्ध्यामा राष्ट्र बैंक स्रोतले ४/१२ को सीमामा तलमाथि नहुने जानकारी दियो । स्रोतले भन्यो, ‘देशको अवस्था हेरेर लामो अध्ययन पश्चात नेपाल राष्ट्र बैंकले यो नीति लागू गरेको हो । समीक्षामा यसलाई खासै परिवर्तन गरिने छैन ।
FACEBOOK COMMENTS