काठमाडौँ । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। आजको बैठक बिहान ११ः०१ मिनेटमा सुरु हुनेछ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन, ०७८/०७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, ०७८/०७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, ०७८/०७९, आदिवासी जनजाती आयोगको तेस्रो वार्षिक प्रतिवेदन, ०७८/०७९ पेस गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, ०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
त्यस्तै, सांसद वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
FACEBOOK COMMENTS