काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदर बुझेर मात्रै लिन आग्रह गरेको छ ।
राष्ट्र बैंकले मंगलबार एक सुचना जारी गर्दै कर्जा लिँदा ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र लिन आग्रह गरेको हो ।
ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने बैंकले जनाएको छ । ‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थित ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।’राष्ट्र बैंकले जारी गरेको सुचनामा भनिएको छ ।
FACEBOOK COMMENTS