काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले भुक्तान गर्नुपर्नै कर्जाको साँवा व्याज भाखा नाघेको तीस दिनभित्र भुक्तान गरेमा पेनाल व्याज तिर्ने नपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गरेर यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था २०८० जेठ मसान्तसम्म भुक्तानीको भाखा रहेको साँवा ब्याजमा लागु हुने राष्ट्र बैंकले जनाएको छ ।
तर यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिने राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS