काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ५ वर्षे विकास ऋणपत्र जारी गर्ने भएको छ ।
बैंकले आगामी माघ २५ गते विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको समयभित्र बोलकबोल पेस गर्न बैंकले आह्वान गरेको छ ।
बैंकको सूचना अनुसार जेठ २ गते देखि अनलाइन दरखास्त दिन सक्नेछन् । विकास ऋणपत्रको निष्काशन भने जेठ ३ गते हुनेछ ।
FACEBOOK COMMENTS