काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि विक्रम संवत २०७९ लेखिएको २० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले पहिले कै आकार र रंगमा संकेत नम्बर ८७ ठ ०००००१ देखि १८ त ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याउन लागेको जनाएको छ ।
नोटको अग्रभागमा बाँयातर्फ सरगमाथाको चित्र, दायाँतर्फ लालीगुरासको पानी छाप रहेको छ भने गभर्नरको दस्तखत रहने स्थानमा वहालवाला राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर देखिने छ । भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।
नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीम नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र छ ।
FACEBOOK COMMENTS