काठमाडौँ । पूर्वाधार विकास बैंकका ऋणीको सुविधाका लागि राष्ट्र बैंकले कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने सुुविधा दिएको छ ।
राष्ट्र बैंकका अनुसार विभिन्न ४ वटा शर्तहरु पालना गरेर यो सुविधान दिन सकिने भएको छ ।
पुुर्वाधार विकास बैंकले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, ईटा-ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक-दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जालाई ऋणीको अनुरोधमा यो सुविधा दिन सकिने छ ।
उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिनेछ । यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८० पुस मसान्तभित्र गरिसक्नु पर्नेछ ।
२०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ । पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।
यस्तै पूर्वाधार विकास बैंकले कुनै व्यक्तिगत मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै वाणिज्य बैंक, विकास बैैंक र फाइनान्स कम्पनीमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा पैसा राख्न परेमा प्यान अनिवार्य गर्ने निर्णय गरेको हो ।
साथै बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमास सकिएको मितिले ७ दिन भित्र अन्तरिक वित्तीय प्रतिवेदन प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।
यो पटक विजया दशमी परेका कारण प्रतिवेदन प्रकाशन गर्ने समय थपिएको हो भने कात्तिक १७ गतेसम्म वित्तीय अवस्था प्रकाशन गर्नुपर्ने भएको छ । rastra bank
FACEBOOK COMMENTS