काठमाडौं । राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैयाँको तरलता तान्ने निर्णय गरेको छ।
यो कदम अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट गरिने जनाएको छ ।
आज मंगलबार बोलकबोलको प्रक्रिया शुरु हुनेछ, जसमा बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँसम्मको रकम बोलकबोल गर्न सक्नेछन्। बोलकबोलमा निक्षेप संकलनको ब्याजदर निर्धारण गरिनेछ र यसमा बहु ब्याजदरको विकल्प पनि खुला हुनेछ।
सिर्फ (क) (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यस प्रक्रिया भाग लिन पाउनेछन्। यो प्रक्रिया २२ दिने निक्षेप संकलन उपकरणका रुपमा सञ्चालन हुनेछ र चैत ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यसअघि, राष्ट्र बैंकले फागुन ४ र ६ गतेमा क्रमशः ४० र ४० अर्ब रुपैयाँ र ११ गते ३० अर्ब रुपैयाँ तरलता तानिसकेको छ।
FACEBOOK COMMENTS