काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट ३० अर्ब तान्ने भएको छ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा खिच्न लागेको हो।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको २०८२ वैशाख २१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
यसअघि चैत ३ गते ३० अर्ब , ६ गते २५ अर्ब , १० गते २० अर्ब , चैत १३ गते ३० अर्ब , १७ गते २५ अर्ब , २० गते ३० अर्ब , २५ गते ३५ चैत २७ गते २० अर्ब तरलता खिचेको थियो।
FACEBOOK COMMENTS