काठमाडौं । तरला व्यवस्थापनमा गर्न राष्ट्र बैंकलाई सकस परिरहेको छ ।
बैशाख लागेपछि आज वैशाख ७ गते दास्रो पटक नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।
आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकल जाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।
२१ दिने निक्षेप संकलन उपकरणको २०८२ वैशाख २८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
यसअगाडि ३ गते ३० अर्ब तानेकाे थियो ।
FACEBOOK COMMENTS