काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ६० करोड रुपैयाँ बराबरको मुद्दती निक्षेप लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई मुद्दती निक्षेपको रुपमा राख्ने निर्णय गरेको हो ।
यसअनुसार वाणिज्य बैंकहरूमा ४८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ९ करोड रुपैयाँ र वित्त कम्पनीहरूमा ३ करोड रुपैयाँ मुद्दती निक्षेपको रुपमा राखिनेछ ।
राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त निक्षेपका लागि ब्याजदरसहित प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
प्रस्ताव पठाउन आइतबार (२९ असार) राति ७ बजेसम्मको समय दिइएको छ र प्रस्ताव ई–मेलमार्फत पेश गर्नुपर्नेछ।

यो निक्षेप लगानी आउँदो साउन ४ गतेदेखि २०८३ साउन ४ गतेसम्म ३६६ दिनका लागि रहने राष्ट्र बैंकले जनाएको छ।
