काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८अर्ब रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब गरी जम्मा १६ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । २८ दिन अवधिको ट्रेजरी माघ २४ गते परिपक्व हुनेछ भने ९१ दिने ट्रेजरी चेत्र २८ गते परिपक्व हुनेछ र १८२ दिने ट्रेजरी २०८० साल असार २६ गते परिपक्व हुनेछ ।
ट्रेजरीको बोलकबोल अनलाइनमार्फत पुष २५ गते सोमबार दिउँसो २ बजे खुला हुनेछ भने पुष २६ गते मङ्गलबार बैंकले ट्रेजरी बिल जारी गर्नेछ ।
FACEBOOK COMMENTS