काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता जमाभएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप सङ्कलनमार्फत तरलता खिचिरहेकाे छ ।
सोही क्रममा केन्द्रीय बैंकले आज (बुधबार) थप ५० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको हाे ।
यसअघि आइतबार (असार ८ गते) ५० अर्ब रुपैयाँको निक्षेप सङ्कलन गरिसकेको केन्द्रीय बैंकले आज फेरि सोही परिमाणको तरलता तान्ने तयारी गरेको हो ।
बैंकले यो रकम ६३ दिन अवधिका लागि सङ्कलन गर्न लागेको छ ।
निक्षेप सङ्कलनका लागि अनलाइन बोलकबोल (बिडिङ) प्रणालीमार्फत आज दिउँसो ३ बजे प्रक्रिया सम्पन्न हुनेछ ।
केन्द्रीय बैंकका अनुसार इच्छुक सहभागीहरूले न्यूनतम १० करोड रुपैयाँको आवेदन दिन सक्ने छन् । अधिकतममा ५ अर्ब रुपैयाँको दरले भाग गर्दा बाँकी रकम निःशेष भागमा समावेश गरिने व्यवस्था गरिएको छ ।
सङ्कलित निक्षेपको परिपक्वता मिति (सावाँ र ब्याज भुक्तानी) आगामी भदौ ११ गते हुनेछ ।
यसअघि राष्ट्र बैंकले असार १ गते ४० अर्ब, असार ४ गते ९० अर्ब, र असार ८ गते ६० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरिसकेको छ। बजारमा थप तरलता नियन्त्रण गर्न बैंकले निरन्तर रूपमा यस्तो कदम चालिरहेको हो ।
FACEBOOK COMMENTS