काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आहृवान गरेको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरी बिलको कूल २४ अर्ब रुपैयाँ नवीकरण गर्ने भएको हो ।
पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार सोमबार बोलकबोल हुने ट्रेजरीका लागि आज दिउँसो ३ बजेभित्र आवेदन दिन सकिनेछ ।
ट्रेजरीको बिक्री भने भोलि अर्थात साउन ३० गते मंगलबार हुनेछ । यसअघि केन्द्रीय बैंकले साउन २२ गते २६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
FACEBOOK COMMENTS