काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको हो ।
पौडेलका निजी चिकित्सक डा. निरज बमका अनुसार छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गर्न लागिएको हो ।
‘संक्रमणको कारणले पानी आउँछ । उहाँको बाँया छातीको तल्लो भागमा थोरै पानी देखिएको थियो । के कारणले संक्रमणको कारण थाहा पाउन परीक्षणका लागि पठाएका छौं’, डा। बमले भने ।
विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका थिए ।
FACEBOOK COMMENTS