काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैंकले लाभांश पारितसँगै बार्षिक प्रतिवेदन पारित गर्न साधारणसभा समेत डाकेको छ। बैंकले पुस २९ गतेका लागि साधारणसभा डाकेको छ। बैंकले सभामा ३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने एजेण्डा लैजाँदैछ।
बोनस सेयर वितरणपछि चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँले बढ्ने छ। अहिले बैंकको चुक्ता पुँजी ९ अर्ब १८ करोड रुपैयाँ छ।
तीन बर्षयता बैंकले निरन्तरत लाभांश बाँड्न थालेको छ। पोहो बैंकले साढे तीन प्रतिशत नगदका साथै अर्को साढे तीन प्रतिशत बोनस सेयर वितरण गरेको थियो। त्यसअघिको बर्ष १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
बैंकमा अधिकांश सेयर सरकारको छ। एनआइडीसी विकास बैंक गाभ्दा त्यहाँ रहेका सर्वसाधारणको सेयर ०.०३ प्रतिशत छ। यी सेयरधनीले पनि बोनस सेयर पाउने छन्।

