काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्म आईपुग्दा १३.२९ प्रतिशत घटेर ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँमा सिमित भएको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ रहेको थियो । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड २४ लाख २८ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा आईपुग्दा बैंकको खुद ब्याज आम्दानी घटेका कारण नाफामा असर परेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ४४ करोड ८४ लाख १ हजार रुपैयाँबाट घटेर ८ अर्ब २४ करोड ३९ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
यस्तै बैंकको संचालन मुनाफा पनि घटेर ५ अर्ब ९ करोड ८१ लाख १ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा सोही अवधिमा ५ अर्ब ९३ करोड ९६ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
१० अर्ब १८ करोड ४८ लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ प्रतिशत बढेर १५ अर्ब ११ करोड ८१ लाख ७३ हजार रुपैयाँ रहेको छ । २ खर्ब ६४ अर्ब ७ करोड ७१ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा ३.०७ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS