काठमाडौं । राजसंस्था पुर्नस्थापना जनआन्दोलनमा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत सबैलाई रिहा नगरे भोलीबाट आन्दोलन थप शसक्त बनाईने बताइएको छ ।
प्रक्राउ परेकाहरुलाई रिहा नगरे भोलीबाट हुने थप शसक्त आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने राप्रपा नेपालले जनाएको छ ।
राप्रपाले आजको घटनामा दुर्व्यहार गर्ने प्रहरीहरु माथि निष्पक्ष छानविन गरि आवश्यक कारवाही गर्न समेत माग गरेको छ । साथै देशव्यापी रुपमा उच्च मनोवलका साथ यस आन्दोलनमा सहभागी हुन र आन्दोलनलाई थप उचाईमा पुर्याउन राप्रपा नेपालले सबैलाई अपिल गरेको छ ।
आज जनआन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाका साथै शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना पक्राउ परेका छन् ।
साथै पक्राउ परेका थापालाई भेट्न प्रहरी परिसर काठमाडौं पुगेका राप्रपाका सांसद दिपक बहादुर सिंहलाई प्रक्राउ परेका छन् ।
FACEBOOK COMMENTS