काठमाडौँ । राप्रपाको युवा संगठन काठमाडौंको अधिवेशनमा लफडा भएको छ ।
अधिवेशन शुरु नहुदै युवाहरुबीच झडप भएको थियो । कार्यक्रममा उपस्थित रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विवाद रहेका विषय अधिवेशनको बन्दसत्रमा राख्न आग्रह गरेका थिए ।
उनले अधिवेशन शुरु नै नहुदै नाराबाजी नगर्न आग्रह गरेका थिए । उनले यो विषयलाई नोटिसमा लिएको भन्दै मिसनमा रहेको पार्टीमा यस्तो क्रियाकलाप नगर्न आग्रह गरे । तर युवाहरुले नाराबाजी जारी राखेपछि अध्यक्ष लिङदेनले जिल्ला अधिवेशन स्थगित भएको घोषणा गरेर बाहिरिएका छन् ।
FACEBOOK COMMENTS