काठमाडौं । राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैछन् । राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित सदस्यको कार्यकाल सकिएको छ ।
नवनिर्वाचित सदस्यको शपथग्रहण आज नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुने सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यमध्ये एक जनाले मातृभाषामा शपथग्रहण गर्ने कार्यक्रम छ । सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रेनु चन्दले मातृभाषामा शपथ लिनेछन् ।
FACEBOOK COMMENTS