काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद शिशिर खनाल र राप्रपाकी सांसद बिना लामाले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
सांसद खनालएल भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए ।
त्यस्तै राप्रपा सांसद लामाले आफुहरुको मागमा संसदले कुनै पहल नगरेको भन्दै सरकारले आफुहरुको मागलाई हलुका रुपमा लिएको आरोप लगाएकी छन् । उनले उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने बताईन् ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
FACEBOOK COMMENTS