काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता भएको छ ।
नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेशमा आयोजित कार्यक्रममा दुवै दलबीच कार्यगत एकता घोषणा भएको हो ।
कार्यगत एकतामा जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका हुन् ।
कुनै समय एकै दलमा रहेका अशोक राई र राजेन्द्र महतो हाल अलग अलग पार्टी बनाएर राजनीति गरिरहेका थिए भने अब कार्यगत एकता गर्दै एकता गर्ने बताएका छन् ।
FACEBOOK COMMENTS