काठमाडौ । रसुवागढी हाइड्रोपावरको वार्षिक साधारणसभा आज हुने भएको छ ।
कम्पनीले २ आर्थिक वर्ष (दशौं र एघारौं) वार्षिक साधारण सभा एकै पटक गर्न लागेको छ । सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभाले स्वतन्त्र समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिलासहित ४ जना सञ्चालक चयन गर्नेछ । साथै, स्वतन्त्र सञ्चालक २ जना निवाचन गर्नेछ ।
यता, सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते बुक क्लोज गरिसकेको छ । जेठ २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पानेछन् । सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा कमलादी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS