काठमाडौं । बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा रहेको रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुर्याएको छ ।
अविरल वर्षापछि आएको बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुर्याएको बताइएको छ ।
यस्तै बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ मा रहेको ईभी गाडीको चार्जिङ स्टेसनमा क्षति पुगेको छ । चार्टिङ स्टेसनमा राखिएका ७–८ वटा गाडीहरू बाढीले बगाएको छ ।
FACEBOOK COMMENTS