काठमाडौं । रसुवागढी हाइड्रोपावरको ड्याम साइटमा बाढीका कारण फसेका ५० जनाको सफल उद्धार गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त उद्धार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म उनीहरूलाई सुरक्षित रुपमा बाहिर ल्याएको जनाएको छ ।
उद्धार गरिएका मध्ये ४ जना महिला र ४६ जना पुरुष रहेका छन्।
प्रहरीका अनुसार उद्धारका क्रममा उनीहरूलाई झोलुङ्गे पुलबाट हिँडाएर सुरक्षित स्थानमा पुर्याइएको हो। उद्धार गरिएकामध्ये एक जना चिनियाँ नागरिक समेत रहेका छन्।
FACEBOOK COMMENTS