काठमाडौं । रसुवाको बाढीमा परी घाइते भई काठमाडौं ल्याइएका ९ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार बिहीबार बिहान सम्म ९ जना उपचार पछि डिस्चार्ज भएका हुन्।
रसुवासहित नुवाकोट, धादिङ, गोरखा लगायत क्षेत्रमा तिब्बत क्षेत्रबाट ल्हेन्दे ताल फुटेर बाढी आउँदा धेरै जनधनको क्षति भएको छ। यसबीच उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा ४२ जनाको उपचार भइरहेको थियो।
अहिले ३३ जना अझै उपचाररत छन्। छाउनीस्थित सैनिक अस्पतालमा १ जना, वीर अस्पतालमा एक जना, ट्रमा सेन्टरमा ९ जना, टिचिङ अस्पतालमा १९ जना, नर्भिक अस्पतालमा ३ जना र एक जनाको मनोमोहन अस्पताल स्वयम्भुमा उपचार भइरहेको छ।