काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज नेपाल आउँदै छन् ।
उनी रसुवाको भोटेसोकी नदीमा आएको बाढीको प्रभाव तथा विभिन्न आयोजनामा कार्यरत आफ्ना नागरिकको अवस्था बुझ्न आज नेपाल आउन लागेको जनाइएको छ ।
ह्युन तीन दिन नेपालमा रहनेछन् । त्यसक्रममा बाढीमा फसेकाहरूको उद्धारबारे बुझ्ने, कोरियालीका परिवारसँग भेट्ने तथा परराष्ट्रमन्त्री शिशिर खनालसँग छलफल कार्यक्रम रहेको छ ।
यसअघि रसुवा बाढीमा उद्धारका लागि कोरियाली प्राविधिक टोली पनि नेपाल आएको थियो । अपर त्रिशूली १ कोरियन कम्पनीको ठेक्कामा निर्माण भइरहेको थियो ।