काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने तयारी गरेका छन् । यसअनुसार आजको प्रतिनिधि सभाको बैठक सञ्चालनको व्यवस्थापन मिलाइँदैछ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।
उक्त बैठकमा आकस्मिक समयमा सांसदहरूलाई विषय राख्न दिने र गृहमन्त्री गुरुङले सांसदहरूका प्रश्न र रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने गरी बैठक राख्न लागिएको हो ।
सम्क्षिप्त बैठक राख्ने गरी छलफल चलरहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।