काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्कालका लागि सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
पूर्वसहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय भएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
FACEBOOK COMMENTS