रौतहट । रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बुधबार बिहान रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्वपश्चिम लोकमार्गको जंगलमा गुडिरहेको बसमा आगलागी भएको हो ।
काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बुधबार बिहान करिब सवा ७ बजे अचानक आगो लोगेको हो । बसको ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जानकरी दिएको छ ।
स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो करिब सवा ८ बजे आगो नियन्त्रणमा आएको थियो । घटनामा कुनै मानवीय क्षति नभएपनि बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
FACEBOOK COMMENTS