काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् ।
मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् ।
मुद्दा अदालतको ढोकामा पुग्नेबित्तिकै उनले जननिर्वाचित सांसद पद निलम्बन गर्न नमिल्ने बताए।
भेटका क्रममा सभामुख घिमिरेले यसले भोलि प्रतिशोधको रुप लिनसक्ने बताएको लामिछानेले जानकारी दिए।
कात्तिक २ गते सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका थिए। सोही अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो।
FACEBOOK COMMENTS