काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा जोडिएका छन् । पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका छन् । स्रोतका अनुसार, केहीबेर अघिमात्रै रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट निस्किएका छन् ।
उनीहरूबीच कहाँ छलफल हुने भन्ने खुलाइएको छैन । यसअघि सहमति हुन नसक्दा दुवै दलले छुट्टाछुट्टै समानुपातिकको बन्दसूची तयार पारिरहेका थिए । आयोगले आजै बन्दसूची बुझाइसक्नुपर्ने बताएको छ । आयोगको समयसीमाको दबाबमा परेका उनीहरू अन्तिम समयमा पुन: छलफलमा जुटेका हुन् ।
FACEBOOK COMMENTS